ग्लोबल आइएमई बैंक गैँडाकोट शाखामा कारोबार सुरु

0


गैँडाकोट, २८ भाद्र । नवलपुरको गैँडाकोटमा ग्लोबल आइएमई बैंकले शाखा कार्यालय खोलेको छ । बिहिबार बैंकले गँैडाकोटमा रहेको शाखाबाट कारोबार सुरु गरको हो । शाखा कार्यालयको विशेष समुद्घाटन कार्यक्रम भने पछि गरिने गैँडाकोट शाखा प्रवन्धक नगेन्द्र गौतमले बताए । बैंकले प्रदान गरिरहेका सुबिधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, रेमिट्यान्स सुविधा, होम लोनलगायत सेवाको माध्यमबाट गैँडाकोट क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने शाखा प्रवन्धक नगेन्द्र गौतमले विश्वास व्यक्त गरे ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । शाखा कार्यालय गैँडाकोट नगरपालिका अगाडि रहेको छ ।

Share.

Leave A Reply