गोर्खा ब्रुअरी दुषित पानी सोझैं नारायणी नदीमा

0

नवलपरासी, चैत २–नवलपरासीको गैंडाकोट नगरपालिका–१० मा रहेको गोर्खा ब्रुअरीले प्रदुषण बढाएको छ । स्थानीयले कारखानाले प्रदुषण गरेको र त्यसलाई रोक्न कुनै पहल नगरेको भन्दै आन्दोलित भएका छन् ।

उनीहरुले विभिन्न ८ बुँदे माग राख्दै विगत डेढ वर्षदेखि आन्दोलन गर्दै आएका छन् । सोही क्रममा पछिल्लो चरणमा कारखानामा जाने भुसलाई प्रवेश गर्न रोकेर आन्दोलन गरेका थिए ।
ब्रुअरीले कारखानाबाट उत्पादन भएको फोहोर पानी फिल्टर नगरी सोझैं नारायणी नदीमा मिसाएको संघर्ष समितिका नवराज ढकालले बताउनुभयो । कारखानाबाट निस्केको प्रदुषित पानी विगत ३ वर्षदेखि कारखानाले फिल्टर नगरिकन सोझै नारायणी नदीमा फालेको छ । जसले गर्दा जलचरहरु मासिदै गएको छ ।

उहाँका अनुसार कारखानाले फोहोर पानी नदीमा मिसाउदा जलचरलाई असर गरेको छ । त्यस्तै कारखानाबाट निस्केको फोहोरहरु जता मन लाग्यौ त्यतै डम्पिड्ड गर्ने, प्रदुषणले गाउँ नै गनाउने गरेको बताउनुभयो ।

इलाका प्रशासन कार्यालय कावासोतीका प्रमुख एवम् उपसचिव पिताम्बर घिमिरेले कारखानाबाट निस्केको प्रदुषित पानीलाई फिल्टर गरेर फाल्नलाई तत्काल निर्देशन दिएको बताए । उनले फिल्टर नगरिकन फालिएको पानीले जलचलमा असर गरेको बताउनुभयो ।

त्यसैगरी नदी किनारमा माछा मारेर जीवन गुजारा गर्ने सन्तबहादुर माझीले नारायणी नदीमा विभिन्न कारखानाहरुले फिल्टर
नगरीकन फालेको पानीले माछा गोही लगायतका जलचर मर्ने, शरीरमा खटिरा घाउ देखिने गरेको बताउनुभयो ।

गोर्खा ब्रुअरीका प्रशासन प्रमुख समिर जोशीले आफूहरुले पहिले ट्रिटमेण्ट प्लाण्ट (प्रशोद्धन पद्धति) बाट पानी शुद्धिकरण गरेर फाल्ने गरेपनि अहिले त्यो प्लाण्ट सानो भएकोले फिल्टर नगरीकनै सोझै नदीमा फालेको स्वीकार गर्नुभयो ।

Share.

Leave A Reply