गोर्खा बु्रअरीबाट निस्कने दुर्गन्धले गाउँमा नै बस्न नसकिएको भन्दै स्थानिय आक्रोशित, जनप्रतिनिधीले चासो नदिएको आरोप, नगरपालिकाद्वारा अनुगमन

0

प्रेम क्षेत्री
वैशाख २५, गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर १० अवस्थित गोर्खा बु्रअरीबाट निस्कने दुर्गन्धले गाउँमा नै बस्न नसकिएको भन्दै स्थानिय आक्रोशित बनेका छन् । राजमार्ग नजिकै पितौजीमा फोहर व्यवस्थापन गर्ने बहानामा उद्योगले दुर्गन्ध फैलाएको स्थानियले आरोप लगाएका छन् ।
साँझको समयमा रक्सी बनाउन प्रयोग गरिने ईष्टको झोलको दुर्गन्ध वढि आउने स्थानियले बताएका छन् । उद्योगले पितौजी स्थित आफ्नै जग्गाभित्र खुल्लारुपमा खाल्डो खनेर सो ईष्ट फाल्दै आएको छ । त्यस्ले गाउँमा दुर्गन्ध फैलिएको हो । साथै सोही स्थानमा फुटेका सिसाका टुक्रा र भुषबाट निस्कने खरानी फाल्ने गरेको छ । हावा लागेको समयमा त्यो गाउँभर फैलने भन्दै उनिहरुले आक्रोस व्यक्त गरेका छन् । सिसाका टुक्रा गाउँ र सडकमा समेत भेटिने गरेको छ ।
पटक पटक उद्योग प्रशासनलाई भनेपनि अटेर गरेको भन्दै स्थानियले नगरपालिकालाई समस्या समाधानका लागि पहल गरिदन आग्रह गरेका छन् । बुधबार नगर स्तरिय अनुगमन समितिले सो क्षेत्रको निरिक्षण गरेको छ । अनुगमनमा आउने सुईको पाएपछि डोजर लगाएर खाल्डो पुर्न लागिएको भन्दै स्थानियले रोक समेत लागएका थिए । उनिहरुले दिर्घकालिन रुपमा फोहर व्यवस्थापन गर्न माग गरेका छन् ।
मुक्ती टोल विकास संस्थाका अध्यक्ष नवराज ढकालले उद्योगका कारण समुदाय नै जोखिममा रहेको जनाउँदै तत्काल व्यस्थापन गर्न माग गर्नुभयो । विगतमा भएका सहमती पालना नभए सडक आन्दोलन गर्ने समेत बताउनुभयो । समस्या समाधानका लागि जनप्रतिनिधिले समेत चासो नदिएको उहाँले बताउनुभयो । उद्योगको संरक्षणमा नै जनप्रतिनिधीले चासो नदिएको उहाँको भनाई थियो ।


मुक्ती टोल विकास संस्थाका सचिव खेमराज सापकोटाले उद्योगबाट निस्कने दुर्गन्धले गाउँमा बस्न नै नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो । उद्योगले पटक पटक उचित व्यवस्थापन गर्ने भनेपनि सो अनुरुप नगरेको उहाँले बताउनुभयो । त्यसमाथी जनप्रतिनिधीले समेत साथ नदिएको उहाँको भनाई छ ।
मिराज रिभरसाईडका सञ्चालक केवी क्षेत्रीले रिसोर्ट सञ्चालनमा चुनौती थपिएको बताउनुभयो । पहिले दुर्गन्ध नभएपनि हाल गाउँमा बस्न र खान नसक्ने अवस्था बनेको बताउनुभयो । उद्योगका कारण रिसोर्ट सञ्चालनमा कठिनाई भएको बताउनुभयो ।
अनुगमन पश्चात गैंडाकोट नगरपालिकाकी उपप्रमुख एवम् अनुगमन समिति संयोजक विष्णुकुमारी कंडेलले समस्या समाधानका लागि उद्योग प्रशासन, वडा अध्यक्ष र स्थानियलाई नगरपालिका बोलाएर छलफल गर्ने बताउनुभयो । उहाँले सडक बन्द गर्ने जस्ता आन्दोलन नगर्न स्थानियलाई आग्रह समेत गर्नुभयो । पहिलेका सर्त सम्झौता कार्यान्वनका सम्बन्धमा छलफल गर्ने बताउँदै उहाँले छलफलले एउटा निचोड निस्कने बताउनुभयो । अनुगमनमा समिति सदस्यहरु भिमबहादुर कुमाल, शुकबहादुर दराई लगायत सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।


गैंडाकोट १० का वडाअध्यक्ष देवीदत्त कंडेलले भने ईष्ट फाल्न छोडेको पत्र उद्योगबाट प्राप्त भएपछि आफु विश्वस्त बनेको र सो को अनुगमन गर्न पुगेको बताउनुभयो । जनप्रतिनिधीको रोहोवरमा व्यवस्थापन गर्न आफुले पहल गरेको उहाँको भनाई छ । जेसिबीले खाल्डो पुर्न लागेको थाहा पाएपछि वडासदस्य हरिकला थापाको आग्रहमा आफु निरिक्षणमा आएको उहाँले बताउनुभयो । उद्योगबाट निस्कने ईष्ट झोल, कालो धुलो खरानी, सिसाका टुक्रा व्यवस्थापनमा उद्योगलाई दवाव दिदैं आएको उहाँको भनाई छ ।

Share.

Leave A Reply