गैडाकोट ९ मा पशुपालन तथा लहरे तरकारीबालीको तालिम

0

गैडाकोट, २२ चैत्र । गैडाकोट नगरपालिका वडा नं ९ मा पशुपालन तथा लहरे तरकारीबालीको तालिम आजदेखि सुरु भएको छ ।

स्थानीयलाई कृषीमा आकर्षीत गर्ने उद्देश्यले सुर्यदिप नारी बचत तथा ऋण सहकारी संस्था र वडा महिला सञ्जालको संयु्क्त आयोजनामा ३ दिने पशुपालन तथा लहरे तरकारीबाली सम्वन्धी तालिम संचालन गरिएको हो ।

वडा कार्यालयको सहयोगमा संचालित तालिममा प्रबिधिक राजु प्रशाद सर्मा ,नरेन्द्र शाहा,निर्मला चौधरी लगायतले प्रशिक्षण दिनुभएको छ । तालिममा पशुपालन गर्दा ध्यान दिनुपर्ने कुराहरु र कसरी यो सम्वन्धी व्यबसायलाई अगाडी बढाउने लगायत तरकारी बारीमा अर्गानीक मल प्रयोगमापनि जोड दिएको छ ।

कार्यक्रमको सहजीकरण सीता गीरीले गर्नुभएको महिला संञ्जालकी अध्यक्ष पार्वती सापकोटाले जानकारी दिनुभयो।

Share.

Leave A Reply