गैडाकोट ८ मा सडक सुधारमा २६ लाख खर्च, ७६÷ ७७ को बजेटमा विकास निर्माण र शिक्षालाई प्राथमिकता दिइदै

0

हिमा अर्याल, गैँडाकोट असार २० ।


गैडाकोट ८ मा आर्थिक वर्ष ७५ ÷ ७६ मा २६ लाख बराबरको रकम सडक सुधारमा खर्च भएको छ । सडक कालो पत्रेमा २१ लाख ५० हजार र ग्रावेलमा ४ लाख ५० हजार गरि २६ लाख खर्च भएको जनप्रतिनीधि नर बहादुर थापा “नरेश”ले जानकारी दिनु भएको हो । विद्युतीय क्षेत्रमा आर्थिक वर्ष ७५÷७६ मा ३ लाख ७६ हजारको तार पोल राखिएको पनि उहाँले जानकारी दिनु भयो । आर्थिक वर्ष २०७५÷ ७६ मा गैडाकोट ८ को श्रीजय माहादेव टोल विकास सस्थामा २ सय ७० मिटर, उज्वल टोल विकास सस्थामा ३ सय ७० मिटर, त्रिदेव टोल विकास सस्थामा २ सय ८३ मिटर र नन्दन कालिका टोलविकास सस्थामा ३ सय ५० मिटर सडक निर्माण भएको जनप्रतिनीधि नर बाहादुर थापाले जानकारी दिनु भएको छ । उज्वल टोल विकास सस्थामा ३ सय मिटर, विजयनगर टोलमा ३ सय मिटर कालिका टोलमा २ सय मिटर नन्दन कालिकामा २ सय ४३ मिटर सडक ग्रावेल गरिएको थापाले जानकारी दिनु भएको हो । आर्थिक वर्ष ७६÷ ७७ मा पनि गैडाकोट ८ मा विकास निर्माण र शिक्षालाई विशेष प्राथमिकतामा राखिएको जनप्रतिनधि नरबाहादुर थापाले जानकारी दिनुभयो । बजेट सिलिङबारे छलफल भैरहेको र केहि दिन भित्रै वार्डको निती तथा कार्यक्रम एवम् बजेट सार्वजनिक गरिने वडाध्यक्ष डिलाराम रिजालले जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply