गैडाकोट ८ मा च्याउ खेति तालिम सुरु/ व्यवसायिक बन्न वडाध्यक्ष रिजालको आग्रह

0


हिमा अर्याल,चैत्र २७ । गैडाकोट ८ का वडाअध्यक्ष डिलाराम रिजालले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्दै व्यवसायिक बन्न आग्रह गर्नु भएको छ । गरिबि र बेरोजगार अन्त्य गर्न सिप आवश्यक पर्ने भएकाले सिप सिक्नमा पछि पर्न नहुने बताउदै अहिलेको समयमा महिला आफु आत्मनिर्भर हुनु जरुरी रहेको बताउनु भयो ।

गैडाकोट ८ कालिका महिला सञ्जालको आयोजनामा  आज देखि सुरु भएको ३ दिने च्याउ खेति तालिममा बोल्दै वाडअध्यक्ष्ाँ रिजालले घरेलु उद्योग सञ्चालन गर्न तर्फ महिलाहरु लाग्नु पर्ने र त्यसका लागि आर्थिक सहयोग गर्न कार्यपालिका र नगरपालिका सधै तयार रहने बताउनु  भयो ।

कार्यक्रममा जनप्रतिनिधी नरबाहादुर थापा, बालप्रकाश अधिकारी, हरिमायाँ अधिकारी, गैडाकोट एकिकृत बहुउदेश्यीय सहकारी सस्था लिमिटेडकि अध्यक्ष माधवी कट्ेल लगाएतले शुभकामना मन्त्व्य राख्नु भएको थियो ।

वर्ड सदस्य हरिमायाँ अधिकारीको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन सञ्जालकि सचिव पद्मा सुबेदिले गर्नु भएको थियो । आजको उद्घाट कार्यक्रममा उपाध्यक्ष पार्वति सापकोटाले स्वागत मन्त्व्य राख्नु भएको कार्यक्रम सञ्जालकि अध्यक्ष ज्ञानु कुमारी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

नन्दन सामुदायिक बनको हलमा सुरु भएको ३ दिने तालिममा सुभम बायोटिक नेपाल गैडाकोटका सञ्चालक ज्ञानुराज पाण्ड,े दिनेश तिवारी, अस्मीता श्रेष्ठ ले प्रशिक्षण दिइरहनुभएको छ ।

Share.

Leave A Reply