गैडाकोट ६ मा वडा स्तरीय बाल सन्जाल गठन

0

असार ३,गैडाकोट ,अनिता रानाभाट । गैडाकोट ६ मा आज वडा स्तरीय बाल सन्जाल गठन गरिएको छ । समिर न्यौपानेको अध्यक्षतामा १३ जना नया कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्ष  प्रगती सापकोटा,सचिबमा शशी गुरुङ,कोषाध्यक्षमा चिन्तामणी चालिसे,सह सचिबमा सुमन सापकोटा  चयन हुनुभएको छ । सदस्यहरुमा सोनिया चालिसे, प्रतिक्षा सापकोटा, नबिन सापकोटा , प्रतिक ढकाल, प्रेम परियार, सुमन आचार्य , सुस्मीता शर्मा  प्रतिक्षा  शर्मा र  ऋतु कडेल रहनुभएको छ । वडा,टोल बिकास सस्था र बाल क्लब को सयुक्त आयोजनामा कालिका सस्कृत बिद्यापीठमा भएको  कार्यक्रममा  गैडाकोट वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मी प्र सापकोटा प्रमुख  अथिती रहनु भएको  थियो । कार्यक्रममा सगरमाथा टोल बिकास सस्थाका अध्यक्ष गणेश पोेैडेल , गैडाकोट वडा न ६ की  वडासदस्य पबित्रा अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Share.

Leave A Reply