गैडाकोट ५ मा वडा स्तरिय बालसंजाल समिति गठन

0

गैडाकोट, मंसिर ८

गैडाकोट ५ मा  वडा  स्तरिय बालसंजाल समिति  गठन गरिएको छ । बाल संजालको अध्यक्षमा गीता न्यौपाने , उपाध्यक्षमा सन्ध्या सूबेदी सचिबमा शुभम न्यूरे , कोषाध्यक्षमा आयूष्मा आचार्य र सह सचिबमा कृषला आले चयन भएको  बालमैत्री स्थानिय शासन वडा समितिका  उपाध्यक्ष कुमारी रेखा पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा गैडाकोट ५ का टोल संजाल समितिका  अध्यक्ष ठानिश्वर रिजालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य गैडाकोट ५ का टोल संजाल समितिका  कोषाध्यक्ष शान्ती न्यौपानेले व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गैडाकोट ५ का टोल संजाल समितिका उपाध्यक्ष बिष्णु प्रसाद सापकोटा, मातृभुमी टोल सुधारका का सचिब रत्न प्रसाद सापकोटा, त्यस्तै गैडाकोट ५ का वडा सदस्य पार्बती सापकोटा, हरि प्रसाद सापकोटा लगायतले मन्तव्य राख्नुभएको थियो ,

कार्यक्रमको सहजीकरण दिपक ढुङगानाले सहजीकरण गर्नुभएको कार्यक्रम बालमैत्री स्थानिय शासन वडा समितिका  उपाध्यक्ष कुमारी रेखा पौडेलको अध्यक्षतामा भएको हो ।

Share.

Leave A Reply