गैडाकोट ५ का मृगौला पीडित खत्रीलाई पोर्चुगलबाट सहयोग

0

असार २, गैडाकोट । नवलपुर जिल्ला गैडाकोट ५ का मृगौला पीडित विकास खत्रीको उपचारर्थ पोर्चुगलबाट आर्थिक सहयोग गरिएको छ ।  पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुबाट रू १,२६,७६३ रूपैया संकलन गरि पठाइएको रकम आज वडाका समाजसेवी  नरहरी सापकोटाबाट बिरामीलाई हस्तान्तरण गरिने भएको छ ।

नवलपुर समाजको  सक्रियतामा आर्थिक सहयोग गरिएको हो।  बिकास खत्रीको दुबै मृगौलाले काम गर्न छोडेपछि बिगत ६ महिनादेखि भरतपुर अस्पतालमा डाईलासिस गराउदै आउनुभएको उहाँको आर्थिक अवस्था कमज़ोर भएको र थप उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले वडाप्रमुखले लिखित रूपमा सहयोग गर्न आब्हान गरेपछि नवलपुर समाजका सल्लाहकार एंव एनआरएनए पोर्चुगल आल्गार्भ क्षेत्रका उपाध्यक्ष  देबेन्द्र पुन र समाजका अध्यक्ष जयभद्र सापकोटाको  सक्रियतामा सक्दो सहयोग संकलन गरि नेपाल पठाइएको हो ।

नवलपुर समाज पोर्चुगलले स्थापनाको एकबर्ष भित्र बिगतमा पनि सोहि वडाका मृगौला बिरामी  शक्तिप्रसाद चालिसेलाई आर्थिक सहयोग गरेको थियो भने  वडा नम्बर ७ को नारायणी बिध्यालयको प्रवेशद्वार निर्माणको लागि सहयोग गरिसकेको छ  ।   मानवीय सेवा नै परम धर्म हो ठूलो परोपकार हो भन्ने सोचबाट अभियानमा पोर्चुगलमा रहनुहुने सम्पुर्ण नेपाली नागरिकहरू अभिप्रेरित हुदै सदैव माया, सद्भाव र सक्दो सहयोग गर्नुभएको भन्दै समाजले धन्यवाद व्यक्त गरेको छ ।

Share.

Leave A Reply