गैडाकोटमा गैडाको आक्रमणबाट दुई जना घाईते

0


गैडाकोट । गैडाकोटमा गैडाले आक्रमण गरि दुई जनालाई घाईते बनाएको छ ।

गैडाकोट २ का बर्ष ५५ का आईत बहादुर बोटे र सोही स्थानकै बुद्ध गुरुङलाई गैडाले आक्रमण गरि घाईते बनाएको ईलाका प्रहरी कार्यालय गैडाकोटले जानकारी दिएको छ । गैडाकोट २ मा र ५ मा गैडाले आक्रमण गरि दुई जनालाई घाईते बनाएको छ ।

घाईतेको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाईते बोटेलाई घाटी र टाउकोमा चोट लागेको र पुरानो मेडिकल चितवनमा उपचार भईरहेको छ भने घाईते गुरुङको नया मेडिकल कलेज चितवनमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

गैडाकोट ६ मा गैडाको आक्रमणबाट एक गाईको मृत्यु भएको छ  ।  एउटा बाच्छी घाईते भएको छ । घटना भएको थाहा पाए लगत्तै गैडाकोट नगरपालीकाका नगरप्रमुख छत्रराज पौडेल , नगरउपप्रमुख बिष्णुकुमारी कडेल , गैडाकोट ५ का वडाध्यक्ष नवराज कडेल र अन्य जनप्रतिनिधि घटनास्थल पुग्नुभएको छ । संगै अस्पतालमा पुगेको घाईतेको अवस्थाका बारेमा जानकारी लिनुभएको छ  ।

Share.

Leave A Reply