गैडाकोट १० मा रोकिरहेको स्कूल वसमा स्कुटर ठोक्किदा दुइ जना घाईते

0

डोलराज रानाभाट, २२ असार । गैडाकोट १० भैसाखोरीमा भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ प २१७ नम्वरको अमर वोर्डिङको स्कुलको वसमा सोहि दिसाबाट आएको ना ५० प ५०५९ नम्वरको स्कुटरले ठक्कर खाएको थियो । विद्यार्थी झार्न सडक छेउमा रोकिराखेको स्कुलको वसमा उक्त स्कुटर पछाडीबाट ठक्कर खान पुग्दा स्कुटरमा सवार दुइ जना घाइते भएका हुन् । घाइतेहुनेहरुमा चितवन रत्नगर १३ का १९ वर्षीय इन्द्रजित अधिकारी र सोही स्थानका अन्दाजी १८ वर्षीय नीता भट्टको नयाँ मेडिकल कलेजमा उपचार जारी छ । इन्द्रजितको अवस्था गम्भीर छ भने भट्ट को मध्यम अवस्थामा उपचार चलिरहेको गैडाकोट प्रहरी प्रमुख राजन ढकालले जानकारी दिनुभयो । अहिले विद्यालयको वस, चालक र स्कुटर गैडाकोट प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Share.

Leave A Reply