गैडाकोट वडानं ७ को सार्वजनिक सुनुवाई सम्पन्न/नारायणी तटवन्धका लागि ४० लाख विनियोजित

0

गैडाकोट, २७ पौष ।
गैडाकोट नगरपालिका वडानं ७ ले यो वर्ष नारायणी नदि किनारमा नयाँ तटवन्ध गर्ने भएको छ । नदि कटानले खेतीयोग्य जमिन नाश हुँदैगएपछि कटान वढि हुने ठाउँको खोजी गरि तटवन्ध गर्ने भएको हो ।

आर्थिक वर्ष २०७५÷०७६ का लागि ४० लाख बजेट विनीयोजित गरि काम अघि बढाउने बताइएकोछ । हरिहर मन्दिर गैडाकोटमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सो योजना सार्वजनिक गरिएको हो ।

त्यस्तै यस आर्थिक वर्षभित्र अन्तरािष्ट्रय खेलग्राम बनाउन डिपिआरको कामलाई पनि अघि बढाउने वडाअध्यक्ष चोलनाथ उपध्ययाले जानकारी दिनुभयो । तर बाटो कालोपत्रे गर्ने योजनाहरुमा छुट्टाइएको बजेटप्रति भने वडावासीले गुनासो गरेका छन् ।

बैज्ञानकि हिसावबाट बजेट विनियोजित नभएको गुनासो गरेका थिए । गत आर्थिक वर्ष २०७४ ÷०७५ मा १ करोड ८६ लाख ८२ हजार ९ सय बरावरको योजनाहरु सम्पन्न भएको वडा सदस्य इश्वरी चापागाईले जानकारी दिनुभयो । कार्यक्रममा गैडाकोट नगरपालिकाकी उपमेयर विष्णु कुमारी कडँेलले नगरपालिकाबाट विनियोजित भएको बजेटको बारेमा जानकारी दिँदै शुभकामना व्यक्त गर्नुभएको थियो ।

Share.

Leave A Reply