गैडाकोट पम्पिङ स्किम तथा सरसरफाई उपभोक्ता समितिको मतगणना जारी

0

गैडाकोट, असार ५
गैडाकोट पम्पिङ स्किम तथा सरसरफाई उपभोक्ता समितिको मतगणना अहिले जारी रहेको छ । गणना भएको १५४ मत मध्ये खुल्ला सदस्य ५ जनका लागि १० जनाको उम्मेद्धारी परेको थियो । अहिले भईरहेको मतगणनामा नेकपा प्यानलका अर्जुन पोखरेलले ६३ मत, कृष्णराज पराजुलीले ५७ मत , खुमराज तिमील्सीनाले ५८ मत, एकदेब घिमिरेले ५४ मत, रामनाथ अधिकारीले ४९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै लोकतान्त्रिक प्यानलका खडानन्द काफलेले ८८ मत, नन्दप्रसाद घिमीरेले ८४ मत, महेन्द्र कार्कीले ९१ मत , नरबहादुर कुमालले ८६मत, बिपीनभक्त अधिकारीले ८९ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै लेखासंयोजकका लागि लोकतान्त्रिक प्यानलका रत्नप्रसाद सापकोटाले ७८ मत र नेकपा प्यानलका राधादेबी आचार्य लामिछानेले ६३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै लेखासमिति सदस्यहरुमा २ जनाको लागि ४ जनाको उम्मेद्धारी परेको थियो । अहिले भईरहेको मतगणनामा नेकपा प्यानलका खुमनाथ पौडेलले ६० मत, ज्ञानेन्द्र अधिकारीले ५१ मत, र लोकतान्त्रिक प्यानलका नारायण सुबेदीले ८६ र हरि पौडेलले ८६ मत प्राप्त गरेको निर्बाचन समितिले जनाएको छ ।

Share.

Leave A Reply