नेपाल मगर संघ गैडाकोट नगर समितिले मगर दिवस भव्यताका साथ मनाउने/सार्वजनिक विदा दिन माग

0

गैडाकोट, १३ फाल्गुण । मगर दिवसको अवसरमा सार्वजनिक विदा दिन नेपाल मगर संघ गैडाकोट नगर समितिले माग गरेको छ । नेपालको ऐतिहासिक खण्डदेखि मगर जातीहरुको विशेष योगदान रहेको भन्दै सरकारले सवै जातीहरुमा समान व्यवहार गर्न माग गर्दै सार्वजनिक विदा दिन सरकारसँग माग गरेको हो । कार्यक्रममा बोल्दै नेपाल मगर संघ गण्डकी प्रदेशका सदस्य उत्तमप्रसाद बकावलले मगर दिवसका दिन राष्ट्रिय विदा दिन माग गर्नुभयो । सवै जातजातीलाई समान र सम्मानजनक व्यवहार गर्न माग गर्दै आफुहरु आन्दोलनकै क्रममा रहेको बताउनुभयो ।


मगर जातीहरुले पर्वकै रुपमा मनाउने यो दिवस गैडाकोटमा पनि भव्यकार्यक्रम सहित मनाईने अध्यक्ष दुर्गा मस्राङ्गी मगरले जानकारी दिनुभयो । फाल्गुण १५ गते परेको दिवसको अवसर पारेर आज गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रेस संयोजक तेजेन्द्र रानामगरले यस पटकको दिवसलाई फुड फेस्टीवलले विशेष बनाउने बताउनुभयो । मगर जातीहरुको परिकारलाई प्रचारप्रसार गर्ने उद्देश्यले ६ देखि ७ वटा स्टल राखिने उहाँको भनाई छ ।

आदिवासी जनजाती सङ्ग्रहालय निर्माणस्थल प्रथम सहिद लखनचोक गैंडाकोटमा हुने कार्यक्रमबारे आज सोही स्थानमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो । अध्यक्ष मस्राङ्गी मगरले गैंडाकोट नगरपालिकाका विभिन्न वडाहरुबाट मगर समूदायको पहिचान झल्कने भेषभुषा सहितको ¥याली नगरपालिकाको कार्यालयमा एक जुट भई कार्यक्रम स्थल चोक प्रथम सहिद लखन चोकमा जम्मा हुने बताउनुभयो । जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख चेसराम आले मगरको प्रमुख अतिथ्यमा समुद्घाटन तथा समापन समारोह हुने जानकारी दिनुभयो । साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती सहितको सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा गैंडाकोट ८ का वडा सदस्य नरबहादुर थापा, नेपाल मगर संघका जिल्ला सदस्य दिलकुमारी रोकिम, प्रेस सल्लाहकार देवेन्द्र राना मगर, फोनिज अध्यक्ष असिफ गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply