गैडाकोट नगरमा अब छिट्टै नगर खेलकुद समिति गठन हुन्छः नगरप्रमुख पौडेल

0

गैडाकोट, ११ चैत्र । गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले नगर खेलकुद समिति छिटो भन्दा छिटो गठन हुने बताउनुभयो । पौडेलले नगरपालिकामा खेलकुद समितिनै गठन नभई खेलाडीले देखाएको प्रर्दशन सम्मानजनक रहेको बताउनुभएको छ ।

सोमबार गैडाकोट खेलकुद समितिले दुईवटा भिन्नभिन्नै प्रतियोगितामा विजेता १६ खेलाडीलाई सम्मान कार्यक्रमको अयोजना नै गरेर सम्मान गरेको हो । लिगलिग पालुड्डटावर गोरखामा भएको मेयर कप २०७५ मा उप विजेता र गैंडाकोट राइजिड्ड स्पोर्ट क्लवद्वरा आयोजित सेभेन ए साईट फुटवल प्रतियोगितामा प्रथम स्थानमा हासिल गर्ने खेलाडिहरुलाई सम्मान गरिएको हो । यस्तै कार्यक्रममा  उत्कृष्ट रक्षा पक्ति प्रबिण गुरुङ, मध्यपंक्ति रोशन दर्लामीलाई सम्मान गरिएको थियो ।

गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्किले नगरमा खेलकुद समिति गठन नहुदा खेलाडीले पाएको पुरस्कार पनि लिन गाह्रो भएको बताउनुभयो ।

कार्यक्रममा गैडाकोट नगरपालीका वडा नम्बर २ का वडाध्यक्ष धु्रबराम पौडेल, वडा नम्बर ५ का वडाध्यक्ष नवराज कडेल, नगरकार्यपालीका सदस्य संगिता घिमिरे पण्डित , बिजय सामुदायीक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष टिकाराम कडेल, प्यावसनका केन्द्रिय सदस्य तथा शाईनिङ ईङलीस बोर्डिङ स्कुलका प्रिन्सीपल लक्ष्मीप्रसाद दवाडी , नमुना आवासिय माध्यामीक बिद्यालय प्रिन्सीपल निर्मल पाण्डे , गैडाकोट महिला फुटवल क्वलकी अध्यक्ष द्ुर्गा घिमिरे , लगायत अतिथिहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply