गैडाकोट नगरपालीकाको वडा नम्बर ५ पूर्ण सरसफाई उन्मुख वडा घोषणा 

0

 

गैडाकोट, असार २९

गैडाकोट नगरपालीकाको वडा नम्बर ५ लाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । पूर्ण सरसफाईका ५ प्लस १ सुचकहरु पुरा गरी शुक्रवार बजाबागा र र्याली सहित एक कार्यक्रमका विच सरसफाई वडा घोषणा गरिएको हो ।

गैडाकोट नगरपालीकाका नगर प्रमुख छत्रराज पौडेलले फोहोर फाल्न नहुने सन्देश दिन कार्यक्रम परिसरमा रहेका खाली पानीका बोतल ,फोहोर टिपेर डस्टविनमा राख्नुभएको थियो । साथै फोहोर छोएपछि साबुन पानीले हात धुनुपर्ने भन्दै हात सफा गरेर हात धुने तरिका समेत सहभगिलाई सिकाउनुभएको थियो ।

पुर्ण सरसफाईका ५ प्लस १ सुचकहरुको नियमित रुपमा पालना गरी आ आफ्नो घर आँगन, चर्पी, भान्छा ,बाटो घाटोको सरसफाई तथा घरबाट निस्केको फोहोर पानीको उचित व्यबस्थापन भएपछि पुर्ण सरसफाई उन्मुख वडा हुन्छ । नगरपालिकाले विभिन्न चुनौतीका विच पनि पनि सबै सुचक पुरा गरीे पुर्ण सरसफाई उन्मुख वडा घोषणा गर्न सफल भएको नगर वास संयोजक गिता गौतमले बताउनुभयो ।

१८ वटा वडा रहेको गौडाकोट नगरपालिकाको पहिलो वडाको रुपमा वडा नम्बर ५ सरसफाई उन्मुख घोषणा भएको छ । वडावासी सबैको सहयोगमा घोषणा गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै वडा अध्यक्ष नवराज कंडेलले फोहोर गर्नेलाई कारवाहि स्वरुप सम्मान गर्ने बताउनुभएको छ ।

साविकको अमरापुरी गाविस पहिले नै पूर्ण सरसफाई गाविस घोषणा भएपनि अहिले त्यस क्षेत्रमा फोहोरको व्यवस्थापनमा समस्याहरु भएकोले त्यस्ता समस्याहरु ऋाउन नदिन वडा नम्बर ५ का सबै बासिन्दा सचेत हुनुपर्ने नगर उपप्रमुख विष्णु कुमारी कंडेलले बताउनुभयो ।

नगरपालिका कार्यलय नै भएको वडा नम्बर ५ बाट सम्पर्ण नगरलाई नै पूर्ण सरसफाई बनाउने अभियान शुरुवात गरिएको नगर प्रमुख छत्रराज पौडेलले बताउनुभयो । अगामी २ वर्षमा पूर्ण सरसफाई उन्मुख नगर घोषणाको लागि सबै एक भएर लाग्ने उल्लेख गर्नुभयो ।

पुर्ण सरसफाई उन्मुख वडा घोषणा कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष नवरज कडेल, जनप्रतिनिधी, वडाबासीले सफा वडा बनाउन प्रतिबद्धता समेत जाहेर गरेका थिए । भने कार्यक्रममा नगरकार्यपालीका सदस्य कुमारी रेखा पौडेलको स्वागत मन्तव्य रहेको थियो ।
१८ वटा टोल विकास संस्थाहरु रहेको वडा नम्बर ५ लाई सरसफाई उन्मुख घोषणा गर्नको लागि २०७४ सालबाट नै विभिन्न कार्यक्रमहरु गरिएको थियो । शुक्रवार घोषणा कार्यक्रममा गैडाकोट नगरपालीकाका प्रमुख प्रशसकिय अधिकृत रामप्रसाद आचार्य , कार्यपालिका सदस्य, गैडाकोट वडा नम्बर ५ का १८ वटा टोल बिकासका प्रतिनिधि , समाजसेवी, शैक्षीक संघ सस्थाका प्रतिनिधि वडाबासीहरु तथा सराकारवालाहरुको उत्साहजनक सहभागिता रहेको थियो । यसअघि गैडाकोट नगरपालीकाबाट बाजागाजा सहित शुरु भएको ¥याली काग्रेस चोक आदर्शचोक, उ शान्ति मार्ग हुदै गणेश मन्दिरमा पुगेको थियो ।

Share.

Leave A Reply