गैडाकोट नगरपालीकाको नगरसभा भोली हुने

0

माया कंडेल, १३ बैशाख । गैडाकोट नगरपालीकाको नगरसभा भोली हुने भएको छ ।
अहिले सम्म भएका कामका समिक्षा भोली हुने नगरसभाले गर्ने गैडाकोट नगरपालीकाका नगर प्रमुख छत्र राज पौडेलले बताउनुभयो ।

अहिले सम्म भएका कामको समिक्षा संगै आगामी बर्षको निति तथा कार्यक्रमहरु सुझावको रुपमा संकलन गरिने उहाले बताउनुभयो ।

अहिलेको नगरसभा निति तथा कार्यक्रममा भन्दा पनि बिधेयक सभाको रुपमा रहेको नगरप्रमुख पौडेलले बताउनुभयो ।गैडाकोट १६ अमरापुरीमा कार्यक्रम हुने बताइएको छ ।

नगरपालीकाले बनाएका निति तथा कार्यक्रमहरु कार्यान्वयनमा लैजान सके गैडाकोट नगरपालीका नमुना नगरपालीका बन्ने नगरप्रमुख पौडेलको भनाई छ ।

Share.

Leave A Reply