गैडाकोट नगरपालिका पालुङटार मेयरकपको उपविजेता

0

गैडाकोट, ६ चैत्र । गैडाकोट फुटवल टोलीले गोरखामा भएको लिगलिग पालुङटार मेयरकप फुटवल प्रतियोगिताको दोश्रो स्थानमानै चित्त बुझाएको छ ।

गोरखा नगरपालिकासँग आज भएको फाइनल खेलमा अन्तिमको ५ मिनेट सम्हालिन नसक्दा हार व्यहोर्नुपरेको गैडाकोट खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।

निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम ५ मिनेटमा गोरखाबाट २ गोल गरेपछि गैडाकोट नगरपालिकाको टोलीले दोश्रो स्थानमानै चित्त बुझाउनुपरेको हो । गोरखा नगरपालिकाको टिमले लिगलिग पालुङटार मेयरकप फुटवल प्रतियोगिताको उपाधी उचालेको छ ।

Share.

Leave A Reply