गैडाकोट नगरपालिकाका ४ वटा वडामा निरन्तर कक्षा सुरु

0

हिमा अर्याल,जेष्ठ ६।

गैडाकोट नगरपालिकाका ४ वटा वडामा निरन्तर कक्षा सुरु भएको छ । गैडाकोट वार्ड नं. १, २, ५ र ८ मा उक्त कक्षा सुरु भएको स्रोत केन्द्र गैडाकोटका अध्यक्ष कमल पराजुलीले जानकारी दिनुभयो । गैडाकोट ८ मा सुरु भएको निरन्तर कक्षामा बोल्दै अध्यक्ष पराजुलीले ४ वटा वडामा पहिलो चरणको कार्यक्रम सुरु भएको र अन्य वडामा पनि सञ्चालनको तयारी रहेको बताउनु भएको थियो ।

गैडाकोट ८ का श्रीजय महादेव टोलविकास सस्था र बेलटारी टोल विकास संस्थामा आज बाट सुरु भएको निरन्तर कक्षा सहजकर्ता फुलुमाया पराजुलीले सञ्चालन गर्नुहुनेछ । उता बेलटारी टोलमा तुलसी गौतम सापकोटाले कक्षा सञ्चालन गरिरहनु भएको छ । कार्यक्रमका प्रमुख अतिथी वडा सदस्य बालप्रकाश अधिकारीले लाज नमानिकन निरन्तर कक्षामा सहभागि हुन आमाहरुलाई आग्रह गर्नुभयो ।

स्रोत केन्द्र अध्यक्ष कमल पराजुलिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण श्रीजय माहादेव टोलविकास सस्थाका अध्यक्ष फुलुमाया पराजुलिले गर्नु भएको थियो । गैडाकोट ८ मा २ वटा टोलमा सञ्चालन भैरहेको निरन्तर कक्षामा २८ जना प्रौठ आमाहरुको सहभागिता रहेको छ ।

Share.

Leave A Reply