गैडाकोटलाई उद्यमशीलताको ग्राम बनाउन आवश्यक ः मेयर पौडेल

0

गैडाकोट, २७ पौष ।
गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले सहकारीले गैडाकोटलाई उद्यमशीलताको ग्राम भनेर चिनाउन आवश्यक रहेको बताउनु भएको छ ।

शुक्रबार परिवर्तन वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारण सभालाई सम्बोधन गर्दे उहाले यस्तो बताउनु भएको हो । उहाले गैडाकोट नगरपालिका सहकारी ग्रामको रुपमा परिचित भईसकेको बताउदै अब सहकारीले आफनो शेयर सदस्यहरुलाई उद्यमशील बनाउन तर्फ कार्य अगाडि बढनु पर्ने आवश्यक रहेको बताउनु भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष भोज कुमारी पौडेलले संस्थाले गरेको लगानीको वारेमा जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष कृष्णराज पराजुलीले कोषध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दे आ व ०७३ ०७४ मा शेयर पुजी १ करोड ५७ लाख ५१ ह्जार ४०० रहेको थियो भने आर्थिक वर्ष ७४ ७५ मा ३५ लाख ५५ हजार ९०० ले वृद्धि भई १ करोड ९३ लाख ७ हजार ३०० पुगेको जानकारी दिनुभयो । आ व ७४ ७५ को सचिवको प्रतिवेदन तथा प्रस्तावित नीति तथा कार्यक्रम संस्थाका सचिव प्रकाश सापकोटाले प्रस्तुत गर्नुभएको हो । कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरु , उत्कृष्ट कर्मचारी , उत्कृष्ट बाल बचत , उत्कृष्ट ऋण लगानी , लगाएत अन्य थुप्रै विषयमा रहेर शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वरोजगार कोष जिल्ला सचिवालयका प्रितम भुजेल , सहकारी अधिकृत दिपा घिमिरे ,सहकारी समन्वय मंच गैडाकोटका अध्यक्ष वेद प्रसाद गौडेल , मौलाकालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष काशिनाथ कंडेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Share.

Leave A Reply