गैडाकोटमा ५ दिन देखि एक महिला छोरो सहित बेपत्ता

0

असार ३ । हिमा अर्याल ।


गैडाकोटमा ५ दिन देखि एक महिला बेपत्ता भएकि छन् । गैँडाकोट वडा नं ८ उज्जवल टोलमा  माइतिमा बस्दै आएकि वर्षँ २० कि आरती बुढापृथी २ वर्षको छोरा सहित बेपत्ता भएकि हुन् । जेठ ३० गते दिउसो २ बजे श्रीमानले घर जान भन्नु भएको छ भन्दै निस्केकि छोरीे अहिले सम्म सम्पर्कमा नआएको आमा बनीमाया परियारले जानकारी दिनु भयो । घरबाट निस्केको भोलिपल्ट जेठानीको घरमा भएको जानकारी छोरीले फोनमार्फत गराएकि थिइन् । छोरी घर गएको भोलिपल्ट ज्वाई जनराज बुढापृथी ससुराली आएपछि ज्वाई यहि आउनु भएको छ भन्दै आमाले जेठ ३१ गते दिउसो फोन गर्नु भएको थियो । श्रीमान माइतिमा आएको फोन मार्फत थाहाँ पाएपछि छोरिले फोन काटि त्यसपछि अहिले सम्म अत्तोपत्तो छैन आमा बनीमाया परियारले भन्नुभयो । तनहुँ डुम्रे घर भएका बुढापृथी विगत १३ वर्ष देखि गैडाकोटमा नै बस्दै आएको श्रीमान जनराज बुढापृथीले जानकारी दिनु भयो ।
श्रीमती र २ वर्षिय छोरा समेत बेपत्ता भएपछि परिवारको दिनहुँ खोजि कार्यमा नै वित्ने गरेको छ । प्रहरी कार्यालय माइति नेपाल लगाएत लाई खवर गरिए पनि अझै सम्म कतै बाट भेटिएको खवर नआएको श्रीमान जनराज बुढापृथीले बताउनु भयो । इलाका प्रहरी कार्यालय गैडाकोटले भने बुढापृथीको खोजि कार्य जारी रहेको जनाएको छ । २० वर्षिय आरती बुढापृथीलाई चिन्नु हुने अथवा देख्नेले आमा बनिमाया परियारको मोबाइल नं ९८२११४५८०४ मा सम्पर्क गरि खवर गरिदिनुहुन अनुरोध गर्नु भएको छ ।

Share.

Leave A Reply