गैडाकोटमा स्थापित विजय परिवारको भेला सकियो÷ संस्थाको विकास र सहभातृत्व सम्बन्धको लागि भेला महत्वपूर्ण

0

गैडाकोट, २० माघ ।
सामाजिक विकाशमा क्रियाशिल गैंडाकोटमा स्थापित विजय परिवारको भेला शनिबार गैंडाकोटमा सम्पन्न भएको छ । नारायणी सामुदायिक बन उपभोक्त समूहको पिक्निक स्पोर्ट गैंडाकोट थुम्सीमा सो अवसरमा संयुक्त बनभोज समेत गरिएको थियो ।

विजय परिवारका सदस्य संस्थाको विकास र सहभातृत्व सम्बन्धको लागि बनभोजको आयोजना गरिएको प्रर्वद्धक संस्था विजय विकास स्रोत केन्द्रका अध्यक्ष हरिलाल सापकोटाले बताउनुभयो । विजय परिवार अन्र्तगत विभिन्न प्रकृतिका आठ वटा सदस्य संस्था रहेका छन् ।

विजय विकास स्रोत केन्द्र, विकू बचत तथा ऋण सहकारी संस्था, विजय एफएम, विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रहेका छन् ।

त्यसैगरि विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेड, विजय लघुवित्त वित्तिय संस्था लिमिटेड, विजय कन्सल्टिङ प्रा.लि., विजय फाउन्डेशन नेपाल, विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेड रहेका छन् ।

कार्यक्रममा विजय परिवार संस्थाका अध्यक्षहरु, सञ्चालक सदस्यहरु, कर्मचारीहरु, र लेखा समितिका सदस्यहरु लगायत साधारण सदस्यहरु, गैंडाकोट नगरपालिका उप प्रमुख विष्णुकुमारी कंडेल, प्रेरक व्यक्ति एवं समाजसेवी तिलक सापकोटा लगायतको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply