गैडाकोटमा विद्युत महसुल नतिर्नेको लाईन काटिदै/झण्डै १५ लाख वक्यौता

0


डोलराज रानाभाट, १६ असार, गैडाकोट । नेपाल विद्युत प्राधिकरण गैडाकोट प्रशारण शाखाले रकम नतिर्ने उपभोक्ताहरुको लाइन काट्ने तयारी थालेको छ । २०७६ साल असार १६ गते सम्म रकम नतिर्ने उपभोक्ताहरुको संख्या १९७ पुगेको छ ।

जसबाट १४ लाख ७७ हजार ६४५ रुपैया ६९ पैसा वक्यौता रहेको छ । विद्युत् उपभोग गर्ने तर महसुल नतिर्ने उपभोक्ताहरुको लाइन काट्ने तयारी भएको शाखा प्रमुख सुजन रिजालले जानकारी दिनुभयो । पटक पटक सचेत गराइएपनि अधिकाँश उपभोक्ताहरुले ६० दिन बढि कट्दापनि विल भुक्तानी गर्न नआएपछि लाईन काटिने भएको हो। विलको रकम नतिर्ने ६० दिन कटिसकेका उपभोक्ताहरुको विना सूचनापनि लाईन काट्ने प्रावधान भएकाले चाँडै लाईन काट्ने र २ हजार बाट माथि रकम तिर्नुपर्नेमा ग्राहस्थ, सिँचाई, उद्योग तथा सहकारीहरु रहेका छन् ।

सवैभन्दा धेरै एक उद्योगको २ लाख ३ हजार ८ सय ६४ रुपैया वक्यौता रकम रहेको छ । अव महसुल तिर्नेहरुले महसुल रकमको २५ प्रतिशत जरिवाना सहित लाईन जडान वापतको ५६५ रुपैया थप रकम तिर्नुपर्ने कानुनी व्यवस्था छ । पहिलेजस्तो लाईन काटेपछि रकम भुक्तान भएकै दिन लाईन जोड्ने गरिएपनि यसपटक भने लाईन काटिएर रकम भुक्तान भएको सात दिनमा मात्रै लाईन जोड्ने नियम भएअनुसार अघि बढ्ने शाखा प्रमुख सुजन रिजालले जानकारी दिनुभएको छ । जतिसक्दो चाँडो वक्यौता रकम तिर्नका लागि उहाँले अनुरोध गर्नुभएको छ । मुकुन्दपुर सव स्टेशनबाट मुख्य विद्युत लाईन आएको गैडाकोटमा १ देखि ९ नम्वर वडाको गरि १० हजार वढि उपभोक्ता पुगेका छन् ।

Share.

Leave A Reply