गैडाकोटमा राति १० बजेपछि विद्युतसेवा दिनेगरि मर्मत जारी

0

डोलराज रानाभाट, १७ वैशाख । गैंडाकोटमा आज दिनभर अवरुद्ध विद्युत सेवा राति १० बजेपछि संचालन गर्नेगरि मर्मतको कार्य जारी रहेको विद्युत प्राधिकरण गैडाकोट प्रशारण शाखाका प्रमुख सुजन रिजालले जानकारी दिनुभयो ।

अहिले भरतपुर र मुकुन्दपुरबाट लाईन ल्याएर विद्युत सेवा संचालन भइरहेको र हावाहुरीका कारण मुकुन्दपुरबाट ल्याइएको लाइनको पोल ढलेपछि र भरतपुरबाट आइरहेको लाइनले आपूर्ति धान्न नसक्दा विद्युत सेवा निरन्तर अवरुद्ध छ ।

रिजालका अनुसार राति १० बजेपछि लाईन ल्याउने गरि काम भइरहेको जानकारी दिनुभयो । दिनभर विद्युत सेवा अवरुद्ध हुँदा स्थानीय मर्कामा छन् भने संचार माध्यम तथा व्यवसायीहरु मारमा परेका छन् ।

Share.

Leave A Reply