गैडाकोटमा भएको फुटसलको उपाधि कृष्णगण्डकी र नारायणी माविलाई

0

गैँडाकोट, भदौ २९ ।

गैंडाकोटमा बुधवार र विहिवार भएको अन्तर विद्यालय छात्रछात्रा फुटसल प्रतियोगिताको उपाधि कृष्णगण्डकी मावि र नारायणी माविले जितेका छन् । छात्रछर्फको उपाधि कृष्णगण्डकी मावि र छात्रातर्फको उपाधि नारायणी माविले जितेका हुन् । राष्ट्रिय बालदिवश २०७४ को अवसर पारेर गैडाकोट खेलकुद समितिको आयोजना र गैँडाकोट नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा छात्रतर्फ नारायणी मावि र छात्रातर्फ नेपाल समशेर माविले द्धितिय स्थान हासिल गरेका छन् ।

प्रतियोगिताका विजेतालाई ६÷६ हजार र उपविजेतालाई ४÷४ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । पुरस्कार वितरण गर्दै नगरप्रमुख छत्रराज पौडेलले वालवालवालिका ईच्छा र हितलाई ध्यानमा राखेर नगरपालिकाले फुटसल प्रतियोगितालाई सहयोग गरेको वताउनुभयो । फुटसल प्रतियोगिताको समापन कार्यक्रममा गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कण्डेलले बालमैत्री शासन र बालविविधालाई उच्च सम्मान गर्दै नगरपालिका अगाडि बढेको वताउनुभयो । कार्यक्रममा नगरकार्यपालिका सदस्य रेखा पौडेल, नारायणी माविका शिक्षक गोविन्द रिमाल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम गैंडाकोट खेलकुद समितिका अध्यक्ष एवम् जिल्ला फुटबल संघ नवलपरासीका उपाध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण गैंडाकोट खेलकूद समितिका सचिव प्रकाश पौडेलले गर्नुभएको थियो । दुई दिन सम्म चलेको सो प्रतियोगिता बालमैत्री शासनः बाल अधिकारको संरक्षण भन्ने नाराका साथ सम्पन्न गरिएको हो ।

Share.

Leave A Reply