गैडाकोटमा भएको ग्रासरुट फुटबल कार्यक्रमको अवलोकन एवं अन्तरक्रिया

0

गैडाकोट, १६ माघ ।

फिफा र एन्फाको टिमले नवलपरासी जिल्ला ग्रासरुट फुटबल कार्यक्रमको अवलोकन गरेको छ । गैंडाकोट क्षेत्रिय रंगशालामा गत भदौ ३० गतेदेखी जारी १२ वर्ष मुनिकाको बालबालिकाको फुटबल कार्यक्रमको अवलोकन गरेको हो । सो अवसरमा जिल्लाको फुटबल खेलाडी र पुर्वाधार, संरचनाको अवस्थाबारे अन्तरक्रिया समेत गरिएको थियो ।

कार्यक्रममा फिफाका टेक्निकल कन्सलटेन्ट चोकी निमाले देशका ४५ जिल्लामा भएका कार्यक्रम मध्ये नवलपरासीमा बालबालिकाको उत्साहले आफुलाई खुसी तुल्याएको बताउनुभयो । अबको केही वर्षपछि नेपालका बालबालिकाले राम्रो र व्यवसायीक फुटबल खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष एवं पुर्व फुटबलका कप्तान उपेन्द्रमान सिंहले फुटबलको जग बलियो बन्दै गएको बताउनुभएको छ । ४५ जिल्लामा १० हजार बालबालिकाले फुटबल खेल्न थालेको बताउनुभयो । अबको ४ वर्षभित्र ४० देखी ५० हजार बालबालिकाले खेल्ने जनाउँदै उहाँले हजारौं मध्ये समुद्रबाट हिरा खोज्ने जस्तै उत्कृष्ट खेलाडी छनोट गर्ने बताउनुभयो ।

नवलपुरका ११ विद्यालयका ६ देखी १२ वर्ष उमेरका करिब २२० जना विद्यार्थी एवं खेलाडी यो कार्यक्रममा सहभागी रहेको गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो । जिल्लाभर रहेका खेल मैदानमध्ये उत्कृष्ट मैदानका कारण गैंडाकोट क्षेत्रीय रंगशालालाई छनोट गरिएको उहाँले बताउनुभयो ।

नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष सेतबहादुर पुनको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला खेलकुद विकास समिति नवलपुरका उपाध्यक्ष हरि पौडेल, गैंडाकोट ४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपाने, गैंडाकोट ८ का वडाध्यक्ष डिलाराम रिजाल, गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की, उपाध्यक्ष रमेश तिवारी लगायतको उपस्थिती रहेको थियो । उहाँहरुले खेलसँगै खेलमैदानको विकासका लागि आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको थियो ।

Share.

Leave A Reply