गैडाकोटमा पनि सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम /तत्काल ३ वटा वडामा काम सुरु

0

डोलराज रानाभाट, असार ९ । प्रधानमन्त्री रोजगार कार्यक्रम गैडाकोट नगरपालिकामा पनि सुरु भएको छ । नगरका तीन वटा वडामा आज नगरप्रमुख छत्रराज पौडेलले निर्माण सामाग्री सहित हेलमेट र ज्याकेट वितरण गरेर कार्यक्रमको सुरुवात गर्नुभयो । कार्यक्रममा सहभागी हुन २ हजार २१५ जनाको निवेदन परेपनि अहिले तीन वडा वडामा मात्रै कार्यक्रम सुरु भएको हो  । सुरु भएको वडाहरुमा २ नम्वरमा १० जना, १३ नम्वरमा २० जना र १४  नम्वर वडामा १५ जनाले काम पाएका छन् । १४ नम्वर वडामा भागर देखि अमरापुरी आउने वाटो खण्डमा १०० मिटरको नाला सफाईको काम दिइएको छ भने १३ मा कागती नमुना वगैचा वनाउनेगरि सार्वजनकि जग्गामा कागतीको विरुवा सार्ने र संरक्षण गर्ने गरि जिम्मा दिइएको छ । त्यस्तै २ मा महेन्द्र स्मारक विद्यालयमा फूल सार्ने र मेस जाली लगाउने काम गरे साथै  वृक्षारोपणको जिम्मा दिइएको कार्यक्रम संयोजक तारा उपाध्यायले विजय एफएमलाई जानकारी दिनुभाये । अन्य वडामा योजनाहरु आएपछि त्यहि अनुसार काम दिँदै जाने  र वडाले माग गरेका योजनाहरु कार्यविधि अनुसार परेमा रोजगार प्रदान गरिने उहाँको भनाई छ । टोली नेता छनोट गरेको १० देखि १५ को एउटा समूह हुने र काम सम्पन्न पश्चात बैकबाट उनीहरुको पारिश्रमीक भुक्तानी गरीने बताइएको छ ।

Share.

Leave A Reply