गैडाकोटमा दिनभर विद्युत अवरुद्ध हुने

0

हिमा अर्याल ,१७ वैशाख गैडाकोट । आज दिनभर गैडाकोट मा विद्युत अवरुद्ध हुने भएको छ । भरतपुर वितरण केन्द्रबाट गैडाकोट क्षेत्रमा वितरण भइरहेको क्षेत्रमा आज दिनभर विद्युत अवरुद्ध हुने भएको हो । भरतपुर आपटारीमा ट्रान्समिटर राखेको पोल सहित ७ ओटा पोल हिजो आएको पानि सहितको हावा हुरीका कारण ढलेकाले आज दिनभर र्ममतको लागि समय लाग्ने भएको गैडाकोट प्राधिकारण शाखा प्रमुख सुजन रिजालले जानकारी दिनु भएको छ । मुकुन्दुर क्षेत्रबाट ल्याउन लागिएको विद्युतलाइनमा पनि हिजोको हावा हुरीका कारण काम प्रभावित भएको रिजालले जानकारी दिनुभयो । वडा नं ९ मा रहेको युनाइटेड  पोलिस्याक्सको ट्रस्ट नै हावा हुरीले उडाएको छ भने पोलहरु समेत ढलेका छन् । र्ममत कार्य ९ बजे पछि मात्रै सुरु हुने भएको छ । हिजो साझ देखि नै विद्युत अवरुद्ध हुँदा सर्वसाधारण एवम् व्यवसायी मारमा परेका छन् ।

Share.

Leave A Reply