गैडाकोटमा ठूलो हावाहूरीसहित पानी/३ दिनसम्म मौसम बदली रहने

0

डोलराज रानाभाट, ३१ वैशाख । गैडाकोटमा ठूलो हावाहुरी सहित पानी परीरहेको छ । साँझ ६ बजेदेखि कडा हावाहुरी सहित चट्याङ परिरहेको थियो भने अहिले पानी समेत परेको छ । गैडाकोट सहित कावोसोती, चितवन, तनहुँ लगायतका ठाउँमा पानी परेको हो । आजदेखि ३ दिनसम्म देशभर मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिनसम्म हावाहुरी, मेघगर्जनसहितको वर्षाको सम्भावना रहेकोेले सतर्क रहन मौसम महाशाखाले आग्रह गरेको छ । प्रि–मनुसुनको सिजन भएकाले वर्षासँगै हावाहुरी र चट्याङको सम्भावना उच्च रहने गर्दछ ।

Share.

Leave A Reply