गैडाकोटमा ज्योेतीष शास्त्रको बैज्ञानिक आधार तथा दैनीक जिवनमा उपयोगिता सम्बन्धि बिचार गोष्ठि

0

गैडाकोट,भदौ १६

पुर्बी नवलपरासीको गैडाकोटमा ज्योेतीष शास्त्रको बैज्ञानिक आधार तथा दैनीक जिवनमा उपयोगिता सम्बन्धि बिचार गोष्ठि भएको छ । शनिबार गैडाकोटमा रहेको गणेश पान्चायन मन्दिरमा ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानको आयोजनामा ज्योेतीष शास्त्रको बैज्ञानिक आधार तथा दैनीक जिवनमा उपयोगिता सम्बन्धि गोष्ठि गरिएको हो ।

कार्यक्रममा प्राध्यापक कपिल अज्ञातले कार्यपत्र प्रस्तुत गनुभएको थियो । उहाले कार्यपत्र प्रस्तुत गर्दे ज्योतीष शास्त्र बैज्ञानिक शास्त्र भएको बताउनुभयो । उहाले ज्योतीष शास्त्रले लोक कल्याणकारी कार्य गर्दे आएको बताउनुभयो । ज्योतीष शास्त्रको जिवनमा उपयोगीता र महत्व भएपनि अन्धबिश्वास नभएर बिश्वास गर्दे कर्म गर्नमा जोड दिनुपर्नेमा प्राध्यापक कपिल अज्ञातले जोड दिनुभयो ।


कार्यपत्रको प्रा डा गणेश खरालले समिक्षा गर्नु भएको थियो। गोविन्दराज कोईराला ले सहजिकरण गर्नुभएको कार्यक्रममा उपस्थिित व्यक्तिहरुका ज्योतिषिय जिज्ञासा समेत समाधान गरिएको थियो । कार्यक्रममा नेपाल ज्योतीष परिषद नवलपरासीका अध्यक्ष ज्योतिष बलराम सुबेदीको प्रमुख आतिथ्यता रहेको थियो भने ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद तिवारीको अध्यक्षतामा भएको हो ।

Share.

Leave A Reply