गैँडाकोटमा विद्युत सुचारु, विहान ११ बजे पछि फेरी विद्युत कटौति हुने ।

0

गैडाकोट, जेठ ५

हिमा अर्याल
गैडाकोट मा अहिले विद्युत सुचारु भएको छ । भरतपुरबाट ल्याइएको विद्युत ४ घण्टाका लागि मात्र गैडाकोटमा प्रदान गरिएको नेपाल विद्युत प्राधिकरण गैडाकोट प्र शाखा प्रमुख सुजन रिजालले जानकारी दिनुभयो । विहान सवा ७ बजेबाट विद्युत सुचारु गरिएको हो । केहि वार्डमा भने हिजो १० बजे देखि विद्युत सुचारु गरिएको थियो । विहान ११ वजे फेरि गैडाकोट भरी विद्युत कटौति गरिने छ । ओभर लोडका कारण गैडाकोट भरी विद्युत सुचारु गर्न नसकिएको गैडाकोकोट प्र शाखाले जनाएको छ । भरतपुरमा पोल भाचिएका कारण हिजो दिउसो विद्युत सुचारु गर्न कठिनाई भएको थियो । सम्भव भए फेरी आज साझ ५ वजे विद्युत सुचारु गर्ने प्रयास गर्ने पनि प्रमुख रिजालले जानकारी दिनु भयो । ट्रान्सफर्मर जडान कार्य समय मै सकिने बताउदै राति १० वजे पछि भने विद्युत सुचारु हुने कावोसोति वितरण केन्द्रले जनाएको छ ।

Share.

Leave A Reply