गैडाकोटमा अहिले विहान १० बजेबाट लाईन आउने/२ महिनाको लोडसेडिङ तालिका आउँदै

0

डोलराज रानाभाट, १४ चैत्र । हिजो बेलुकादेखि गएको विद्युत लाईन गैडाकोटमा आज विहान १० बजेबाट आउने भएको छ । भरतपुरबाट व्यवस्थापन गरिएको अस्थायी लाईन मार्फत हिजो रातभर थुम्सीपारी देखि प्रगतिनगरसम्म विद्युत् करेन्ट छाडिएको र गैडाकोटमा आज विहान १० बजेदेखि ६ बजेसम्म लाईन उपलब्ध गराइने गैडाकोट प्रशाखा प्रमुख सुजन रिजालले विजय एफएमलाई जानकारी दिनुभयो ।

सम्भव भएसम्म गैडाकोट क्षेत्रमा २४ सै घण्टा लाइन आउने वातावरण वनाउने प्रयास जारी गरहेको रिजालले जानकारी दिनुभयो । प्रगतिनगरमा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षती गरेपछि नयाँ ट्रान्सफर्मर ल्याउनुपर्ने हुँदा विद्युत् आपूर्ति सहज हुन समय लाग्ने उहाँको भनाई छ ।

यद्यपी नयाँ ट्रान्सफर्मर आज बैतडीबाट लोड गरेर ल्याउने र प्रगतिनगर आउन झण्डै ४ दिन लाग्ने, पाँचौ दिनमा अनलोड भएर प्रगतिनगर ल्याइएको २ दिनभित्र जडान कार्य सकेर  विद्युत सुचारु गरिने उहाँको दावी छ ।

यद्यपी यो कार्यका लागि २ महिनाको लोडसेडिङ तालिका बनाइने र त्यसैअनुसार विद्युत सेवा प्रदान गरिने रिजालले बताउनुभयो ।

Share.

Leave A Reply