गैडाकोटको जयश्री पुलमा रहेको शंकास्पद वस्तु बम नभएको पुष्टी/जनजीवन सामान्य (भिडियो सहित )

0

डोलराज रानाभाट/अजय पौडेल, ३० गैडाकोट ।
आज राति १२ बजेदेखि पूर्व पश्चिम राजमार्ग अन्तर्गतको गैडाकोटमा अवस्थित जयश्री पुलमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टी भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत रहेको सो ठाउँमा विहान नेपाली सेनाको बम डिष्पोजल टोलीले बम नभएको पुष्टी गरेको हो । नेपाली सेना झ्याल्टुम डाँडाबाट आएको प्राविधिक टोली प्रमुखका अनुसार एउटा बम बनाउदा हुनुपर्ने सवै कुरा भएको तर बारुद नभरिएको हुँदा क्षती हुनबाट जोगिएको बताउनुभयो । प्लाष्टीकको बाल्टीनभित्र पलास्टीकमा माटो राखेर त्यसमा वाहिरबाट तार जडान गरिएको थियो । जयश्रीको पक्की पुलको बीचमा राखिएको उक्त बस्तुलाई पहिचान गर्न करिब १ घण्टा समय लागेको थियो ।

पहिचानपश्चात टोलीले बम बनाउन प्रयोग गरिने सवै कुरा भएको तर बारुद मात्रै नराखिएको बताएको थियो । रातो बत्ती बाल्न टाइम सेट गरिएको बस्तु फेला परेको थियो । राति १२ बजेको समयमा सवारी चालकले असमान्य बस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए । खवर पाएलगत्तै गैडाकोट प्रहरी, शसस्त्र प्रहरी भैँसाखोरी र झ्याल्टुम डाँडाको नेपाली सेना घटनास्थल आएका थिए ।

शंकास्पद वस्तुबाट बलेको रातो लाइटले धेरैले बम भएको बताएका थिए । घटनास्थल पुगेलगत्तै बैकल्पिक पुलको प्रयोगबाट सवारी आवतजावत गरिएको थियो भने सर्वसाधरणलाई उक्त स्थानमा जान रोक लगाइएको थियो । सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधि प्रतिवन्धित गर्ने घोषणासँगै आक्रमक बनेको उसले आज नेपाल बन्दको घोषणा गरेको थियो ।

उक्त ठाउँमा पर्चा पम्प्लेटहरु नभेटिएपनि विप्लवकै समूहले आतंक सृजना गर्न उक्त बस्तु राखेको बताइएको छ । बम नभएको पुष्टीसँगै जनजीवन सामान्य बनेको छ । तर नेपाल बन्दको असर भने परेको छ । विहानबाट सार्वजनिक सवारी साधनहरु चलेका छैनन् भने अत्यावश्यक सवारी साधन र मालवाहक ट्रक मात्रै फाट्टफुट्ट सडकमा देखिएका छन् ।

Share.

Leave A Reply