गैडाकोटको जयश्री पुलमा बम भेटिएको आशंका/रातो बत्ती बलीरहेको देखिने आज विहान डिस्पोजल गरिने ।

0

डोलराज रानाभाट, गैडाकोट ३० ।
विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको घोषणा गरेको छ । आफुहरुलाई सरकारले प्रतिवन्धीत गर्ने घोषणा गरेसँगै विप्लव नेतृत्वको नेकपा कडा रुपमा प्रस्तुत भएको हो । उसले आयोजना गरेको आजको नेपाल वन्दपनि हिँसात्मक हुने खतरा बढेको छ । देशैभरका विभिन्न ठाउँमा वम तथा शंकास्पद वस्तु भेटिने क्रम जारी छ । यद्यपी वम कसले राख्यो भन्ने एकिन नभएपनि विप्लव माओवादीले राखेको धेरैले आश)ंका गरेका छन् । यस्तै पूर्वपश्चिम राजमार्ग अन्तगर्त गैडाकोटमा रहेको जयश्री पुलको वीचमै बम भएको आशंका गरिएको छ । । अहिले त्यहाँ नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाले सुरक्षा दिइरहेको छ यद्यपी बम डिस्पोजल विहान भएपछि मात्र गरिने बताइएको छ । पक्कि पुलको वीचमा रहेको बम भनिएको बस्तुबाट रातो बती बलेको देखिन्छ । अहिले वैकल्पीक पुलको प्रयोग गरेर सवारी आवतजावत गराइएको छ ।

Share.

Leave A Reply