गैडाकोटको अक्सफोर्ड कलेज अन्तर्रा्ष्ट्रिय क्वालिटी अवार्डबाट सम्मानित

0


गैँडाकोट, १९ असार । मध्यनेपालकै चर्चित कलेजको रुपमा रहेको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेण्टले आइतबार फ्रान्समा अन्तर्रा्ष्ट्रिय क्वालिटी अवार्ड प्राप्त गरेको छ । यस कलेजमा विज्ञान र व्यवस्थापन सङ्कायमा इञ्जिनियरिङ् र कम्प्युटर साइन्स पढाइ हुँदै आएको छ । १८ वर्ष देखि निरन्तर शैषिक विकासमा अग्रसर अक्सफोर्डले गुणस्तरीय व्यावसायिक सफलता प्राप्त गरेको भन्दै स्वर्ण उपहार प्रदान गरिएको हो । अतुलनीय व्यावसायिक सफलता, उत्कृष्टतम नेतृत्व र क्युसी १०० गुणस्तर कायम राखेको भन्दै अक्सफोर्ड कलेजलाई आइतबार पेरिसमा आयोजित एक समारोहबीच स्वर्ण वर्गीकरणको पेरिस स्टार क्वालिटी सर्टि्फिकेट दिइएको हो । अक्सफोर्डले अठार वर्षदेखि विद्यार्थीलाई विज्ञान र व्यवस्थापन सङ्कायमा इञ्जिनियरिङ् र कम्प्युटर साइन्स पढाउँदै आएको छ ।

Share.

Leave A Reply