गैडाकोटका युवाहरुका लागि तालिम सुरु

0

असार १६, गैडाकोट । युवाको सिप क्षेमता अभिबृद्धि गर्ने उद्देश्यले गैडाकोट नगरपालीकाले ४५ घन्टा बेसीक ब्युटिसीयन तालिम र बेसीक कम्पुटर तालीम सोमबार देखी सुरु गरेको छ ।गैडाकोट फनपार्कको सभाहलमा भएको उत्घाटन कार्यक्रमा बोल्दै प्रमुख अतिथी गैडाकोट नगरपालीका का नगरप्रमुख छत्रराज पौडेलले आफनो सिप प्रति अब्बल बन्न आग्रह गर्नुभयो । तालीम ईमान्दार भएर लिनका लागी पनि आग्रह गनुभयो ।

साथै उहाँले युवाको सिपको कदर हुने बताउदै यसको लागी आफनो तफबाट सक्ने सहयोग गर्ने बताउनुभयो ।यस्तै विजय बिकास शिक्षा सदनका कार्यकारी निर्देशक खेमराज सापकोटाले जुन व्यक्तिको हातमा सिप हुन्छ संसारमा त्यही व्यक्तिको कदर हुने वताउदै जे सिप सिक्न आउनुभएको हो त्यो काममा दक्ष भएर लाग्न आग्रह गनुभयो । युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख बालकृष्ण चापागाई ले नगरपालीका ले बाटोमात्र देखाएको र त्यो बाटोमा कसरी हिड्ने भन्ने जिम्मा युवाको हातमा रहेको बताउनुभयो ।

त्यस्तै सरस्वती निकेतनका प्रतिनिधी दिपक सापकोटा ले नगरपालीकाले युवाको लागी गरेको सिप बिकास कार्यक्रम प्रशंसा योग्य रहेको बताउनुभयो । तालिमा १८ वटा वडा बाट कम्युटर तालीमा ६४ र व्युटिसीयन तालीमा ८४ जना को सहभागीता रहेको छ । जसअन्तरगत विजय सामुदायीक शिक्षा सदन गैडाकोट ५ र सरस्वती किेतन गैडाकोट १ मा कम्युटर तालीम सन्चालन हुने छ भने मोडेना व्यटिपालर गैडाकोट २ मा व्यटिशियन तालीम सन्चालन हुने छ । गैडाकोट नगर युवा सन्जालका अध्यक्ष स्याम वनको अध्यक्षयतामा सम्पन भएको कार्यक्रमको सहजिकरण नगर युवा सन्जालका उपाध्यक्ष ईन्द्रराज ज्योती पोखरेलले गनुभएको थियो ।

Share.

Leave A Reply