गैंडाकोट ९ थुम्सी राजमार्गमा सालको रुख ढल्दा ट्रक र बस ठोक्कीयो, १५ जना यात्रु घाईते, विद्युत सेवा अवरुद्ध

0

                                                                                                                                                           फाईल तस्विर

प्रेम क्षेत्री, गैंडाकोट, असार ९ । पुर्वी नवलपरासीको गैंडाकोटमा सालको रुख ढल्दा सो रुखमा ट्रक र बस ठोक्कीमा भएको दुर्घटनामा १५ जना घाईते भएका छन् ।

 

गैंडाकोट ९ स्थित २३ स्मिृत पुल नजिकै थुम्सी जंगलमा पुर्व पश्चिम राजमार्गमा बिहान ४ बजेसालको रुख ढल्दा सो रुखमा ट्रक र बस ठोक्कीदा सो १५ जना यात्रु घाईते भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ६ ख ५९२७ नम्बरको ट्रकको अगाडी सालको रुख ढल्दा सो ट्रक रुखमा ठोक्किन पुगेको थियो । पश्चिमबाट पुर्वतर्फ नै जाँदै गरेको ना ६ ख ४१६ नम्बरको यात्रुबहाक बस पछाडिबाट सो ट्रकमा ठोक्किदा १५ जना यात्रु घाईते भएका हुन् ।

 

दुर्घटनामा घाइते भएकाहरुको पुरानो मेडिकल कलेज भरतपुर उपचार भईरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । रुख ढलेपछि केहीबेर यातायात अवरुद्ध भएको थियो । रुख हटाएपछि दुईतर्फि नै यातायात सुचारु रहेको प्रहरीले जनाएको छ ।
सो घटनामा विद्युतका तिन ओटा पोल भाँचिएका छन् । पोल भाँचिएपछि गैंडाकोटमा विद्युत सेवा अवरुद्ध भएको छ । यद्यपि विद्युत सुचारुका लागि काम भईरहेको नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखाका सुपरभाईजर सुजन रिजालले जानकारी दिुनुभयो । उहाँले आज दिनभर लाग्न सक्ने बताउनुभएको छ ।

Share.

Leave A Reply