गैंडाकोट ९ थुम्सीको जयश्री पुल नजिकै २ वटा सुथली बम र ५ वटा पेट्रोल बम भेटियो, बम डिस्पोज गरियो 

0

प्रेम क्षेत्री,  फागुन ३० । गैंडाकोट ९ थुम्सीको जयश्री पुल नजिकै प्लटिङमा भेटिएको बम डिस्पोज गरिएको छ ।

मध्यान्ह करिब १२ बजेको समयमा भेटिएको २ वटा सुथली बम र ५ वटा पेट्रोल बम दिउँसो ३ बजे निस्क्रिय गरेको हो ।

बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गतको गैंडाकोटमा अवस्थित जयश्री पुलमा शंकास्पद बस्तु फेला परेको थियो । सोही स्थानबाट करिब २ सय मिटर नजिकै प्लटिङमा ति बम छरपष्ट अवस्थामा फेला परेको हो ।

नेपाली सेना झ्याल्टुङ डाँडाबाट आएको बम डिस्पोजल प्राविधिक टोलीले ति बम निस्क्रिय पारेका हुन् । झोलामा बम ओसार पसारमा संल्गन व्यक्तिहरुले सो बम छाडेको हुन सक्ने प्रहरीले जनाएका छन् । झोलामा खाजा समेत भेटिएको थियो ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले आज आव्हान गरेको बन्दका समयमा बम विस्फोट गराईएको हुदाँ सो बम पनि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले गराएको हुन सक्ने जनाईएको छ । घटनाका विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply