गैंडाकोट ८ मा रहेको विजय आधारभुत विद्यालयमा पोशाक वितरण

0

प्रेम क्षेत्री
वैशाख २९ गैंडाकोट । पुर्वी नवलपरासीको गैंडाकोट ८ मा रहेको विजय आधारभुत विद्यालयमा पोशाक वितरण गरिएको छ ।
गैंडाकोट ८ नम्बर वडा कार्यालयको सहयोगमा सो पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले जानकारी दिनुभयो । पोशाक वितरण गर्दै गैंडाकोट ८ का वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम रिजालले भर्ना कार्यक्रमलाई प्रभावकारी बनाउँदै विद्यार्थीको पठन पाठनमा सहयोग पुगोस् भन्ने हेतुले पोशाक वितरण गरिएको बताउनुभयो । विद्यालय जाने वातावरण बनाउन यो सहयोगले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


आगामी आर्थिक वर्ष २०७६÷०७७ बाट आवश्यक बजेट विनियोजन गर्ने गरि पोशाक वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार वितरण गरिएका पोशाकको लागत मुल्य करिब १ लाख ७५ हजार अनुमान गरिएको छ ।
गैंडाकोट ८ स्थित यस विजय आधारभुत विद्यालयमा करिब १७० विद्यार्थी अध्ययनरत छन् । दलित तथा जनजातीको बाहुल्यता रहेको यस विद्यालयमा अन्य विद्यार्थी शुन्य रहेको समेत विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर रहेका समुदायका बालबालिकालाई यो सहयोगले राहत मिल्ने उहाँको भनाई छ ।
सो अवसरमा गैंडाकोट ८ का वडासदस्य बालप्रकाश अधिकारी, शुसिला परियार, विद्यालय व्यवस्थापन समितिका सदस्य काशिराम सापकोटा, कौशिला पराजुली, खगराज गौतम, सरस्वती पाण्डे लगायत शिक्षक शिक्षिकाको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply