गैंडाकोट ७ द्धारा वृद्धवृद्धा तथा फरक क्षमता भएका व्यक्तिहरुलाई सहयोग

0

गैडाकोट, १ बैशाख। गैंडाकोट नगरपालिका वडा नम्बर ७ ले वडाका वृद्धवृद्धा तथा फरक क्षमता भएका व्यक्तिहरुलाई सहयोग तथा नववर्ष २०७६ को अवसरमा शुभकामना आदानप्रदान गरेको छ । हरिहर मन्दिर हरिहर सन्न्यास आश्रममा भएको कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले सम्मान गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै पौडेलले मनमोहन अधिकारीको पालादेखी वृद्धवृद्धालाई सामाजिक सुरक्षाभत्ता वितरण गरिदैं आएको स्मरण गर्दै गैंडाकोट नगरपालिकाले यो कार्यलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले नववर्षको शुभकामना व्यक्त गर्दै समृद्ध नगर बनाउन सवैले भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम गैंडाकोट ७ का वडाअध्यक्ष चोलानाथ उपाध्यायको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा बोल्दै उहाँले नववर्षको शुभकामना व्यक्त गर्दै वडाको विकासमा  वडावासीको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा वडाका १७ जना वृद्धवृद्धा तथा १६ जना फरक क्षमता भएका व्यक्तिलाई सम्मान सहितको सहयोग प्रदान गरिएको वडा सदस्य ईश्वरी चापागाईले जानकारी दिनुभयो । वृद्धवृद्धाहरुलाई कुर्ता दौरा सुरवाल, सारी ब्लाउन पेटीकोट प्रदान गर्नुका साथै दोसल्लाले सम्मान गरिएको थियो ।

फरक क्षमता भएका अपाङ्ग एवं असक्त व्यक्तिहरुलाई सहयोग स्वरुप खाद्य सामग्री प्रदान गरिएको हो । पदमबहादुर रेश्मी मगर र सन्तमाया रेश्मी मगरलाई ३ महिना पुग्ने खाद्यान्न प्रदान गरिएको वडा सदस्य चापागाईले जानकारी दिनुभयो । कार्यक्रममा गुरुप्रसाद कंडेल, तारा परियार, दिननाथ त्रिपाठी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा टोल विकास संस्थाका प्रमुख एवं प्रतिनिधी, महिला समूह लगायत वडाका विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधीको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply