गैंडाकोट ५ मा दिनदहाडै हसियाँ प्रहार

0


माघ ८, गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ५ मा आज दिनदहाडै हसियाँ प्रहार भएको छ ।

गैंडाकोट ५ एकता टोल विकास संस्थाका अध्यक्ष अर्जुन पोखरेलमाथी दिउँसै हसियाँ प्रहार भएको हो ।

हाल उहाँको एलाईभ हस्पिटल भरतपुरमा उपचार भईरहेको छ । उहाँको बायाँ हातको पञ्जामा गहिरो चोट लागेको छ । बाटो विस्तार गर्ने क्रममा रहेको गैंडाकोट ५ को एकता टोलमा बाटोका विषयमा विवाद वढ्दै जादाँ सो घटना हुन पुगेको जनाईएको छ ।

हसियाँ प्रहार गर्ने खत्रिफिट एकता टोल बस्ने बर्ष ५० को लालबहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले मादक पदार्थ रक्सी सेवन गरी सो हर्कत गरेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

Share.

Leave A Reply