गैंडाकोट ४ कालीगण्डकी चोकमा हाईसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

0

गैंडाकोट । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका–४ कालीगण्डकी चोकमा आज गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका–४ कालीगण्डकी चोकमा बिहीबार बिहान पौने ४ बजे सडकमा बा.३ ख २३८३ नम्बरको हाईस गाडीले अन्दाजी ३५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।

हाल नाम, थर, वतन खुल्न नसकेका उनको उपचारको लागि सरकारी अस्पताल भरतपुर चितवन पठाइएकोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

ठक्कर दिने हाईस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Share.

Leave A Reply