गैंडाकोट ३ मा पनि सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम/३२ जनाले काम पाए

0


असार ११, गैडाकोट । गैंडाकोट नगरपालिका वडा नं ३ मा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । आज एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रमको वडा अध्यक्ष शिवकान्त तिवारीले उद्घाटन गर्नुभएको हो ।गैंडाकोट ३ भुजेल गाउँदेखि गैंडाकोट ३ केलादी सम्मको गाउँलाई जोड्ने गरि बाटो खन्ने काम सुरु भएको छ । मोटरसाईकल जान मिल्ने गरेर २ मिटरको बाटो निर्माण कार्य शुरु भएको हो । यसअघि गोरेटो बाटो रहेको सो सडकलाई विस्तार गरिएको छ । भुजेल गाउँदेखि केलादीतर्फ र केलादीतर्फबाट भुजेल गाउँ जोड्ने गरि बाटो खन्ने काम शुरु भएको वडाका सामाजिक परिचालक ईन्द्रज्योती पोखरेलले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रममा गैंडाकोट ३ का ३२ जनाले रोजगारी पाएका छन् ।

Share.

Leave A Reply