गैंडाकोट ३ ढोडेनीमा अहिले गाउँमा आगलागी, आगो नियन्त्रणको प्रयास जारी, दमकल प्रस्थान, सडकका कारण दमकल जान निकै कठिनाई

0

  • प्रेम क्षेत्री, वैशाख २९ गैंडाकोट ।
    गैंडाकोट ३ ढोडेनीमा अहिले गाउँमा आगलागी भईरहेको छ ।
  • साँझ ५ बजेपछि आगो सल्किएको हो ।
  • नजिकको जंगलबाट सल्किएको आगोले गाउँ नै सखाप हुने अवस्थामा रहेको त्यहाँबाट आतिदैं गैंडाकोट ३ का वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभयो ।
  • चर्को हावाहुरी सहितको हावाहुरीका कारण आगो नियन्त्रणमा लिन समस्या भईरहेको छ ।
  • हालसम्म २ वटा घरमा क्षति पुगीसकेको छ ।
  • यहि अवस्थामा रहे गाउँ नै सखाप हुने अवस्थामा रहेको छ ।
  • स्थानियले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । स्थानियहरु अतालिएका छन् ।
  • तिव्र वेगको हावाका कारण आगोको लप्का आकाशमा देखिएको छ ।
  • अहिलेसम्म गैंडाकोट ३ का टोलनाथ आचार्य र केदारनाथ मिश्रको घरमा क्षति पुगेको छ ।
  • घरमा रहेका गरगहना लत्ता कपडा पुर्ण रुपमा क्षति पुगेको छ ।
  • हावा कम भएसँगै आगोको लप्का केही कम हुने देखिएको छ ।
  • अहिले सो स्थानतर्फ भरतपुर महानगरपालिकाको दमकल प्रस्थान गरिसकेको छ ।
  • सडकका कारण दमकल सो स्थानतर्फ जान निकै कठिनाई भईरहेको विजय एफएमाका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो ।
Share.

Leave A Reply