गैंडाकोट १४ मा खानेपानी शिक्षा र बाटोघाटो निर्माणलाई प्रथामीकतामा

0

 


पबित्रा पराजुली जेठ २९ , गैडाकोट
गैंडाकोट नगरपालीक वडा नम्बर १४ ले आगामी आर्थिक बर्ष २०७६÷०७७ लागी निती तथा कार्यक्रम र बजेट योजना संकलनका लागी वडा भेला सम्पन्न गरेको छ ।


समृद्ध वडा बनाउने नारा लिएको गैंडाकोट वडा नम्बर १४ ले खानेपानी शिक्षा र बाटोघाटो निर्माण लाई प्रथामीकतामा राखेको छ । वडा भेलामा बोल्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले शिक्षा कृषि र स्वास्थ्यलाई विशेष प्राथामिकतामा राख्न सुझाव दिनुभएको छ । साथै उहाँले वडाको सम्पूर्ण समस्यालाई योजनाबद्ध तरिकाले सम्पन्न गर्दै जानुपर्ने पनि बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बिशिष्ट अथिती गैंडाकोट नगरपालिकाकी उपप्रमुख विष्ण्णुकुमारी कंडेलले मानिसको आधारभूत आवश्यकता शिक्षा, स्वास्थ र रोजगारको समस्या समाधान नगरेसम्म समृद्धिको नारा लिएर मात्र नगर समृद्ध नहुने बताउँदै यसतर्फ ध्यान दिन पनि आग्रह गनुभयो । उपप्रमुख कंडेलले महिलाहरुलाई निर्वाहामुखी भन्दापनि उत्पादन मुलक कार्यक्रमको आवश्यक रहेको बताउनुभयो । नगर समृद्धिको प्रमुख आधार नै कृषि रहेको बताउँदै उहाँले यसमा नगरपालिकाले बिशेष जोड दिने बताउनुभयो ।
वडा भेलामा स्थानीय सञ्जय देवकोटाले कार्यक्रममा युवा सहभागीता कम हुनु दुखद् रहेको बताउनुभयो । वडाको विकासमा युवाको महत्वपूर्ण भूमीका हुने भएकाले युवा लक्षित कार्यक्रममा जोड दिन माग गर्नुभयो ।


विजय ज्योती आधारभूत बिद्यालयका प्रधानाध्यापक झलकराज पौडेलले योजना तर्जुमा गर्दैगर्दा शिक्षालाई प्रमुख प्रथामिकतामा राख्न आग्रह गर्नुभयो ।
त्यस्तै स्थानीय सोमनाथ पौडेलले अपाङगता प्रति धेरैले चासो नदिएको बताउँदै वडाले अपाङगलाई पनि हेर्न आवश्यक रहेको बताउनुभयो ।
सम्पूर्ण दलित समुदायको प्रतिनिधीत्व गर्दै स्थानीय हरि बरालीले एम्बुलेन्स, शव वाहन लगायतको व्यवस्था गर्न सके वडाबासीलाई राहत पुग्ने बताउनुभयो ।
त्यस्तै स्थानीय खुममाया गुरुङले समानरुपमा बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । जनमुखी आदर्श कलेजका प्रमुख कृष्णप्रसाद घिमीरेले बाटोको लागी बजेट आवश्यक रहेको बताउनुभयो साथै उहाँले युवाहरुलाई लागुपदार्थ दुव्र्यसनीबाट बचाउनका लागि खेल मैदानको आवश्यक रहेको बताउनुभयो ।


समाजसेवी कुलप्रसाद अधिकारी, सुन्दरी सामुदायीक वनका अध्यक्ष रामलाल गैरे, स्थानीय भवानीप्रसाद पौडेलले पनि वडा बिकासमा जोड दिनुपर्ने बताउनुभयो ।
स्थानीयको गुनासो र योजना सुनिसकेपछि गैंडाकोट नगरपालिका वडा नम्बर १४ की वडा अध्यक्ष कोकीसरा राना मगरले सम्पूर्णको गुनासो सम्बोधन हुने गरि काम गर्ने बताउनुभयो । बजेटले सम्भव भएसम्म सम्पूर्णको समस्यालाई योजनाबद्ध तरिकाले समाधान गर्दै जाने रानाले बताउनुभयो ।
गैंडाकोट नगरपालिका वडा नम्बर १४ को राधाकृष्ण मन्दिरको सभाहलमा भएको कार्यक्रमको सहजिकरण वडा सचिव वेदनाथ दाहालले गर्नुभएको थियो । वडा भेला वडा अध्यक्ष कोकीसरा राना मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply