गैंडाकोट १३ मा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ

0

गैंडाकोट । नारायणी आधारभुत विद्यालयको शैक्षिक गुणस्तर एवं भौतिक पुर्वाधार निमार्णका लागि विद्यालय परिषर गैंडाकोट १३ मा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ चलिरहेको छ ।
१५ गते सम्म सञ्चालन हुने महायज्ञमा प्रखर युवा कथावाचक श्री पुरुषोत्तमशरण शास्त्रीज्यूका मुखारविन्दबाट संगितमय कथाबाचन भईरहेको छ ।
महायज्ञमा सहभागी भई तन, मन, धन, वचन र कर्मले सहयोग गर्न श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजक मुल समितिका संयोजक तथा नारायणी आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धीप्रसाद न्युरेले आग्रह गर्नुभयो ।
महायज्ञ परिषरमा हरेक दिन विहान ६ बजेदेखी सामुदायिक प्राकृतीक चिकित्सालय रजहरका योग प्रशिक्षकद्धारा निशुल्क योग सिविर सञ्चालन भईरहेको छ ।

Share.

Leave A Reply