गैंडाकोट १३ मा आयोजना गरिएको महायज्ञमा ६६ लाख भन्दा बढी सङ्कलन

0

प्रेम क्षेत्री
गैंडाकोट । नवलपरासी (वर्दघाट सुस्तापूर्व) गैंडाकोट १३ मा आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा ६६ लाख भन्दा बढी सङ्कलन भएको छ ।
महायज्ञमा ६६ लाख २५ हजार ७४ रुपैया सङ्कलन भएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजक मूल समितिका संयोजक तथा नारायणी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रसाद न्युरेले जानकारी दिनुभयो । महायज्ञमा लक्ष्य भन्दा वढि संकलन भएको उहाँले बताउनुभयो । महायज्ञमा सहभागी भई दान गर्ने दानविर तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सवैलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।
महायज्ञमा आजमात्रै गैंडाकोट गंगा पाण्डेले ५ लाख १ सय रुपैया सहयोग प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्यापक खेमराज महतोले जानकारी दिनुभयो ।
समापन कार्यक्रममा आज श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती जि महाराज प्रमुख अतिथि रहनुभएको थियो । महायज्ञमा बोल्दै उहाँले हिन्दु धर्म विकाससँग जोडिएको बताउनुभयो । उहाँले २०० भन्दा वढि विद्यालय निमार्णका लागि महायज्ञका मार्फत सहयोग गरेको भन्दै यस्ता खालका कार्यक्रमले शैक्षिक विकासमा कोशेढुङ्गा सावित हुने बताउनुभयो । समाजको विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने समेत उहाँले बताउनुभयो ।
नारायणी आधारभूत विद्यालयको शैक्षिक गुणस्तर एवं भौतिक पूर्वाधार निर्माणका लागि फागुन ८ गतेदेखि विद्यालय परिसरमा महायज्ञ सञ्चालन गरिएको हो । महायज्ञमा प्रखर युवा कथावाचक श्री पुरुषोत्तमशरण शास्त्रीज्यू र मधुसूदन गैरापापीले संगीतमय कथावाचन गर्नुभएको थियो ।
महायज्ञ परिसरमा हरेक दिन बिहान ६ बजेदेखि सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका योग प्रशिक्षकद्वारा निःशुल्क योग शिविर समेत सञ्चालन गरिएको थियो ।

Share.

Leave A Reply