गैंडाकोट १२ मा सम्भावना र चुनौती दुवै

0

गैंडाकोट


गैंडाकोट वडा नम्बर १२ मा सम्भावना र चुनौती दुवै रहेको गैंडाकोट वडा नम्बर १२ का जनप्रतिनिधिले बताएका छन् । कृषि क्षेत्रमा सम्भावना धेरै रहेको भएपनि सिंचाइलगायतको सुविधा नहुँदा कृषि क्षेत्रको विकास हुन नसकेको जनप्रतिनिधिले बताएका छन् । विजय एफएम १०१.६ को गौरवमय १५ औँ वर्षीकोत्सवका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै जनप्रतिनिधिले कृषि, पर्यटनसँगै अन्य पूर्वाधारको विकास गरे वडा नम्बर १२ विकसित हुने बताएका हुन् ।
संयुक्त वडा कार्यालय मुकुन्दपुरमा भएको कार्यक्रममा गैंडाकोट वडा नम्बर १२ का वडाध्यक्ष थिरबहादुर थनेतले बाटाघाटा, सिंचाइ, शिक्षालगायतका धेरै समस्याहरु समाधानतर्फ लम्किएको बताउनुभयो । उहाँले वडामा पर्यटनको सम्भावनासमेत रहेको बताउनुभयो । वडाका प्रत्येक वडावासीले सहयोग गरेको र आपूm पनि विकास गर्न कुनै कसुर नछोडेको बताउनुभयो ।
यस्तै वडा सदस्य गोविन्दप्रसाद कोइरालाले वडा नम्बर १२ का मटकुरीलगायतका स्थानहरुमा जनप्रतिनिधि आएपछि हिँड्न अप्ठ्यारो हुने सडकमा पनि अहिले सहज भएको बताउँदै वडाको विकासका लागि नै काम गर्दै आएको जनाउनुभयो । साथै उहाँले वडा तथा नगरको समृद्धिका लागि मिडियाको भूमिका महŒवपूर्ण हुने उल्लेख गर्दै त्यो भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
वडा सदस्य चुनबहादुर केसीले लागूपदार्थ दुव्र्यसन न्यूनीकरणमा विभिन्न कार्यक्रम गरिरहेको वडामा भौगोलिक रुपले विकासमा केही बाधा सिर्जना गरेको बताउनुभयो । महिलाहरुको विकासका लागि कृषि, उद्घोषण तालिम गराइएको बताउँदै आयमूलक कार्यक्रमहरु ल्याउँदा अझ राम्रो हुने वडा सदस्य सुशीला सापकोटाले बताउनुभयो ।
वडा नम्बर १२ मा दलित समुदायका व्यक्ति धेरै भएको वडा सदस्य हरिकला सुनारको भनाइ छ । उहाँले मेलापात कृषिकै काम गरेर दलित समुदायले गुजारा निर्वाह गरिरहेको बताउनुभयो ।

Share.

Leave A Reply