गैंडाकोट १० सम्झना चोकमा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार एक युवती गम्भिर घाईते 

0

प्रेम क्षेत्री, असोज ६ गैंडाकोट । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) गैंडाकोट नगरपालिका वडा नम्बर १० स्थित पुर्व पश्चिम राजमार्गमाको सम्झना चोकमा आज विहान ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार एक युवती गम्भिर घाईते भएकी छन् ।

दुर्घटनामा गैडाकोट ११ बस्ने २१ वर्षिया अनु भनिने खगिश्वरा पाटामगर घाईते भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । मगरको टाउकोमा गम्भिर चोट लागेको छ । उहाँलाई उपचारार्थ भरतपुर स्थित नयाँ मेडिकल कलेजमा लगीएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको लु ३ त ७७५९ नम्बरको ट्याक्टरले पुर्वबाट पश्चिम तर्फ नै जाँदै गरेको ना ५२ प ९४८८ नम्बरको स्कुटरलाई बिहान पौने १० बजे ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्याक्टरका चालक फरार रहेको र दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।

Share.

Leave A Reply