गैंडाकोट १० मा भएको सवारी दुर्घटनामा ९ जना घाईते, ८ जना देवचुली १६ एउटै वडाका (घाईतेको नामावली र उनिहरुको अवस्था सहित)

0

प्रेम क्षेत्री असोज ७ गैंडाकोट । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका वडा नम्बर १० थुम्सी नजिक आईतबार बिहान भएको सवारी दुर्घटनामा ९ जना घाईते भएका छन् । घाईतेहरु मध्ये ८ जना देवचुली १६ एउटै वडाका रहेका छन् ।
पश्चिमबाट पूर्वबाट तर्फ जाँदै गरेको बा ४ ख १३२१ नम्बरको हायासले बिग्रीएर रोकी राखेको ना ४ ख ८०४१ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ४ ख २४८ नम्बरको ट्रकसँग ठोक्किन पुगेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
बिहान सवा ३ बजे भएको सो दुर्घटनामा माईक्रोमा सवार ९ जना घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुको चितवन स्थित नयाँ मेडिकल कलेजमा उपचार भईरहको प्रहरीले जनाएको छ । ट्रक, हायास र दुबै चालक ईलाका प्रहरी कार्यालय गैंडाकोटको नियन्त्रणमा रहेका छन् ।
दुर्घटनामा घाईते र उनिहरुको अवस्था
१. जिल्ला नवलपरासी देबचुली १६ बस्ने बर्ष ३१ की पर्बती बुढाथोकी – अवस्था मध्यम टाउकोमा चोट
२. जिल्ला नवलपरासी देबचुली १६ बस्ने बर्ष ४७ की देबी थापा – अवस्था मध्यम टाउकोमा चोट
३. जिल्ला नवलपरासी देबचुली १६ बस्ने बर्ष ७७ को को जित बहादुर बुढाथोकी – अवस्था गम्भिर हात खुट्टा र टाउकोमा चोट
४. जिल्ला नवलपरासी देबचुली १६ बस्ने बर्ष ७१ की लालमाया बुढाथोकी – अवस्था सामान्य
५. जिल्ला नवलपरासी देबचुली १६ बस्ने बर्ष ५३ को रमेश कुमार थापा – हात खुट्टामा चोट अबस्था सामान्य
६. जिल्ला नवलपरासी देबचुली १६ बस्ने बर्ष ३१ को ओमकार महतो – अवस्था समान्य (हायास चालक)
७. जिल्ला नवलपरासी देबचुली १६ बस्ने बर्ष ६९को दिल बहादुर ठकुरी – हात खुट्टामा चोट अवस्था सामान्य
८. जिल्ला नवलपरासी देबचुली १६ बस्ने बर्ष ४१ को जिवन ठकुरी अवस्था सामान्य हात खुट्टामा चोट
९. जिल्ला काठमाण्डौ बसुन्धारा बस्ने बर्ष २० कि मन्दिरा मिश्र – अवस्था सामान्य

Share.

Leave A Reply